KB · Hymns · #377
म येशूको साथ ज्योतिमा हिँड़्छु
G2/4
Verse
म येशूको साथ ज्योतिमा हिँड़्छु, दिन र रात उनको पछि म हिँड़्नेछु
पछि हिँड़्नेछु, जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान ।
Chorus
हिँड़्दै-हिँड़्दै ज्योतिमा येशूको साथ, हिँड़्दै-हिँड़्दै समात्छु येशूको हात
ज्योतिमा हिँड़्नेछु जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान
Verse
म येशूको साथ ज्योतिमा हिँड़्छु अन्धकारमा पनि म डराउँदिनँ
कदम बढ़ाउँछु, मनले गाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान ।
Verse
म येशूको साथ ज्योतिमा हिँड़्छु हेर्दैहेर्दै सब दिन गोहार पाउनेछु
शोक या खुशी होस्, नजीक छन् मेरो, येशू ख्रीष्ट, मेरो बलिदान ।
Verse
म येशूको साथ ज्योतिमा हिँड़्छु, आफ्नो आँखा उनमा म लगाउनेछु
हातमा छ क्रूस, झण्डा छ अद्भूत, येशू ख्रीष्ट मेरो बलिदान ।