KB · Hymns · #575
बलिदान हुने सबका पाप धुने
D4/4
Verse
बलिदान हुने, सबका पाप धुने, एक मात्र येशू हुन् (२)
एक मात्र येसू हुन् है, एक मात्र येशू हुन्
बलिदान हुने, सबका पाप धुने, एक मात्र येशू हुन् ।
Verse
मृत्युलाई जित्ने, बौरेर उठ्ने, त्यो पनि येशू हुन् (२)
त्यो पनि येशू हुन् है, त्यो पनि येशू हुन्
मृत्युलाई जित्ने, बौरेर उठ्ने, त्यो पनि येशू हुन् ।
Verse
हाम्रो फिक्री गर्ने, हाम्रो निम्ति मर्ने, ती सबका प्रभु हुन् (२)
ती सबका प्रभु हुन् है, ती सबका प्रभु हुन्
हाम्रो फिक्री गर्ने, हाम्रो निम्ति मर्ने ती सबका प्रभु हुन् ।
Verse
सत्यलाई खोजौँ, मुक्तिलाई रोजौँ, येशूमै भेट्नेछौ (२)
येशूमै भेट्नेछौ है येशूमै भेट्नेछौ
सत्यलाई खोजौँ, मुक्तिलाई रोजौँ, येशूमै भेट्नेछौ ।