आज जिइउठे येशू नै हल्लेलूयाह
C4/4Translated
Verse
आज जिइउठे येशू नै, हल्लेलूयाह,
हाम्रो बड़ा दिनमा, जय हल्लेलूयाह,
जसले क्रूसमा दिए प्राण, हल्लेलूयाह,
हाम्रो लागि गरे त्राण, हल्लेलूयाह ।
Verse
गाऔँ धन्यवादको गान, हल्लेलूयाह,
स्वर्गको राज ख्रीष्टको मान, हल्लेलूयाह,
क्रूस चिहानको बोके भार, हल्लेलूयाह,
उनको बाटो छ उद्धार, हल्लेलूयाह ।
Verse
सहे उनले दुःख नै, हल्लेलूयाह,
मलाई मुक्ति दिनलाई, हल्लेलूयाह,
अब स्वर्गमा राजा भई, हल्लेलूयाह,
दूतले गाउँछन् उनको, जय हल्लेलूयाह ।