KB · Hymns · #767
समयलाई नियालेर प्रार्थनामा लागिरहौं
Chorus
समयलाई नियालेर प्रार्थनामा लागिरहौं
जागिरहौं आत्मामा संगतिमा रहेर
आत्मामा तेल भर्नालाई (२)
Verse
रात धेरै बितिसक्यो समयले बताउँदैछ (२)
सुस्तता छोडौं अब, नींददेखि जागी उठौं (२)
Verse
आत्मा त तयार छ शरीरले बाधा दिन्छ (२)
सचेत रही प्रार्थनामा आफूलाई तयार राखौं (२)
Verse
अन्धकारको फौजसँग, प्रधानता, सामर्थसँग (२)
पल-पलमा लडाईं छ पाउनेछौं जय प्रार्थनामा (२)
Verse
निभ्न नदेऊ आत्मालाई, दीयोझैं निभ्न सक्छ (२)
संगति, प्रार्थना गर्दै आत्मालाई जगाइराखौं (२)
Verse
कृतज्ञ बनीसदा निरन्तर प्रार्थना गरौं (२)
दुःख-सुखमा आनन्द गर्दै बढौं निशानातिर (२)