KB · Hymns · #268
धेरै क्षण गुमाएँ केही पललाई सोचँ
F
Chorus
धेरै क्षण गुमाएँ, केही पललाई सोचँ जिन्दगीका क्षणलाई व्यर्थै-व्यर्थ कालेँ
त्यो प्रगाढ़ जीवन आज फुलेको छ, त्यो निराश मुटु आज हाँसेको छ
Verse
मेरो जिन्दगीको घाम छायामा पनि प्रभु मलाई सधैँ साथ दिनुहुन्छ,
हाँसोका ती क्षणमा, आँसुका ती क्षणमा प्रभु मलाई सधैँ हात दिनुहुन्छ,
मलाई डर छैन सधैँ उहाँको भर छ, मैले हिँड़्ने बाटोमा प्रभु हुनुहुन्छ ।
Verse
पश्चात्ताप गरी म जति चूर हुन्छु, मेरा सब अनर्थ प्रभु माफ गर्नुहुन्छ,
जिन्दगीका दाग र ती कलंकलाई, प्रभु सधैँ-सधै साफ गर्नुहुन्छ,
बाँचुञ्जेलसम्म यही आशा गर्छु, मुक्तिदाता येशू फेरि आउनुहुनेछ ।