KB · Hymns · #597
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
E4/4
Chorus
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
आउनुभो’ संसारैमा फेरि आज जन्मे रातैमा
आयौँ हामी हजूरकै अघि यो सन्देश भनिदिनलाई
Verse
पैयुँ फुल्यो हाँगैभरि, डाँड़ाहरू ढाकिए लालुपातेको लालीले (२)
(कता-कता) (२) जाडो लाग्यो बडादिनको चिसो हावाले फेरि आज ।
Verse
तारा चम्के रातैभरि, सन्देश यो भनिदिए स्वर्गदूतले (२)
(नडराऊ है) (२)
बेथलेहेममा मुक्तिदाता जन्मिएका छन् फेरि आज ।