KB · Hymns · #72
हृदयको राजा, जय येशू नाउँ
Cm4/4
Chorus
हृदयको राजा, जय येशू नाउँ,
शान्तिको कुमार गर्छु प्रणाम्
दश हजारौँमा तपाईं सुन्दर,
सुगन्धित तेलझैँ मधुरो नाऊँ, गर्छु प्रणाम् ।
Verse
लाखौँमा मीठो छ येशू नाउँ,
चम्किलो अनुहार सूर्य समान (२)
अवर्णनिय छ तपाईंको प्रेम,
म अधर्मीले चाखेँ त्यो प्रेम..... गर्छु प्रणाम् ।
Verse
बोल्नुभो’ प्रभु तपाईं भएँ मगन,
अभिलाषी भई आए चरण (२)
हर्षित हुँदै प्रभु गर्छु प्रणाम्,
म अयोग्यले पाएँ जीवन दान ।
Verse
मलाई बचाउनुभो’ दिएर प्राण बुझाइदिनोस्,
प्रभु स्वर्गीय प्रेम (२)
भेटीको रूपमा सम्पूर्ण जीवन चढ़ाउँछु,
हे प्रभु गर्दिनोस् ग्रहण ।