KB · Hymns · #355
तिम्रो जवानीलाई हेला गर्न नदेऊ
G4/4
Chorus
तिम्रो जवानीलाई हेला गर्न नदेऊ कसैलाई (२)
सुम्प जीवन प्रभुलाई, डोर्याउनेछन् तिमीलाई (२)
जीवन यो यात्रामा ... (२)
Verse
जीवन यो हाम्रो सधैँ नरहने, जानुछ एक दिन सबै (२)
पापलाई त्यागी ख्रीष्टलाई लिई (२) हुनेछौँ मृत्युपार
Verse
लोभ गर्छौं, लालच गर्छौं संसारको सबै थोकलाई (२)
यी सबै थोक केही पनि होइन (२) हुनलाई मृत्युपार ।
Verse
जीवन यो तिम्रो प्रभुलाई देऊ भर्नेछ आशिष्ले (२)
संसारमा दु:ख, मृत्युपछि सुख (२) पाउने छौँ तिमीले ।