KB · Hymns · #45
कति रमाहटको दिन आयो यो जगतमा
F6/8
Chorus
कति रमाहटको दिन आयो यो जगतमा
हाँस्दै-खेल्दै गाना गाउँदै प्रभु येशूमा
Verse
आऊ वृद्ध जन, आऊ सब जवान
स्वरमा स्वर मिलाई गाऊ प्रभुको जय गान (२)
Verse
हामी सब थियौँ घोर अन्धकारमा
आए प्रभु अवतार लिई उही बेथलेहेममा (२)
Verse
छोड़ अब भाइ दुष्ट शैतानलाई
उठ, जाग, स्वागत गर नवजात प्रभुलाई (२)