KB · Hymns · #2
महान सृष्टिकर्ता
G3/4
Verse
महान् सृष्टिकर्ता परमेश्वरको जय, संसारलाई प्रेम गरी ख्रीष्ट-पुत्र दिए
जो प्राण आफ्नो त्यागी बने तारणहार र सबैको लागि खोले स्वर्गद्वार ।
Chorus
(स्तुति गाऊ) (२) उनको वचन सुनाऊ, (स्तुति गाऊ) (२) सबै मिली रमाऊ
येशू पुत्रद्वारा पिताकहाँ आऊ र ईश्वरको जयजयकार स्तुति चढ़ाऊ ।
Verse
हो रगतले किनेको पूरो उद्धार विश्वासीहरूलाई ईश्वरको करार
जो सबभन्दा तुच्छ त्यो विश्वास गरे त्यसलाई क्षमा गर्छन् झट्टै येशूले ।
Verse
दिए महान् शिक्षा, गरे महान् काम, महान् छ नि येशूमा हर्ष इनाम
तै यसभन्दा बढ़्ता छ आनन्द अपार हामी जब हेरौँला ख्रीष्टको मुहार ।