KB · Hymns · #655
फर्केर हेर क्रूसलाई प्रभुको प्रेम झल्किन्छ
G4/4
Chorus
फर्केर हेर क्रूसलाई प्रभुको प्रेम झल्किन्छ
क्रूसको मृत्यु सम्झेर ढुकढुकी मेरो अड़्किन्छ (२)
Verse
कलवरी पहाड़ थाँतिले क्रूसको काँटीले के भन्छ (२)
कोर्राको धेरै व्यथाले दुःखको सन्देश ले भन्छ (२)
Verse
दिनभरि घाममा तड़्पिएर प्यासले व्याकुल भएर (२)
भालाको दर्द खपेर प्राण दिए रगत बहेर (२)
Verse
क्रूसको निर्दयी मृत्युमा आँसुको थोपा आँखामा (२)
फर्केर हेर्छन् हामीलाई पापदेखि छुटकारा दिनलाई (२)