KB · Hymns · #750
निराश नहोऊ प्रार्थना गर्नलाई
Chorus
निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर प्रार्थना गर (२)
प्रार्थना सुन्नलाई म जीवित छु, म तिम्रो पुकारलाई सुन्नेछु (२)
निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर पार्थना गर ।
Verse
दुःखको दिनमा पुकार गर, तिमीलाई छुटकारा म दिनेछु (२)
सङ्कटमा सजिलै पाइने सहायक म तिम्रो परमेश्वर हुँ । (२)
Verse
प्रार्थना गर, उत्तर दिनेछु, गहिरो-गहिरो भेद बताउनेछु (२)
नजानेको र नसोचेको प्रकाश म प्रकट गर्छु । (२)
Verse
आजको दिनसम्म तिमीले, मेरो नाउँमा केही मागेनौ (२)
येशूको नाउँमा विश्वाससाथ माग, आनन्द पूर्ण हुनेछ । (२)
Verse
निराशमा पनि आशा राख, विश्वासमा प्रयत्नशील बन (२)
आशिष्को वर्षा पर्खिरह, निश्चय म बर्साइदिन्छु । (२)
Verse
यदि मेरो आफ्नै नाउँ दिइएको, प्रजा पश्चात्तापी हुँदछ (२)
पाप क्षमा दिई त्यस जग्गालाई, स्वस्थ म पार्नेछु । (२)
Verse
तिमीले बिन्ती गर्न अघि नै, म चाँडै उत्तर दिनेछु (२)
बोल्दा-बोल्दै अत्याघिकसँग, आशिष् म दिनेछु । (२)