परेदेशी भाइ हो, जाँदैछौ कहाँ
G4/4
Verse
परेदेशी भाइ हो, जाँदैछौ कहाँ ? भेष हामी बदली जान्छौ नि वहाँ
टाढ़ैको यात्रा गर्दैछौँ, राजाको समाचार पाएका छौँ स्वर्ग पुग्नलाई ।
Verse
त्यो सुखको ठाउँमा पुगूँला भन्ने, परदेशी भाइ हो, के तिम्रो चिन्ने
भरोसै तिम्रो छ हम्मे, आशा त साँचै अगम्मे दुःखका बाटैमा ।
Verse
चम्किलो वस्त्र येशूले दिन्छन्, तेजिलो मुकुट प्रभुले दिन्छन्
संगिलो अमृत पिउने छौँ, स्वर्गको सुखलोक पाउनेछौँ स्वर्गीय राज्यमा ।
Verse
बगाल छ सानो डर छैन, धेरै बाटो छ एकलो साथी छ थोरै
दूत हाम्रो दुःखलाई छ सुन्ने, प्रभु येशू स्वामी छन् हेर्ने रक्षक भई अगुवा ।
Verse
आउन भाइ हो र आऊ दिदी-बहिनी बीच-बीचमा पस एक-एकै गनी
नछोड़ हामीलाई कहिल्यै, विश्वास गर ख्रीष्टमा अहिले, तब पुग्छौ सुखलोकमा
Verse
परदेशी भाइ हो, जान्छौ नि हामी रमाइलो देशमा लैजाऊ है जानी
लैजाऊ है हामीलाई साथैमा स्वर्गलोकको बाटैमा डोर्याउन हामीलाई ।