KB · Hymns · #725
हेर जन महिमित दृश्य
E4/4
Verse
हेर जन महिमित दृश्य, शोकका मानिसलाई अब
यद्ध जितेर फर्केछन्, घुँडा टेक्दछन् सब ।
मुकुट पहिराओ, मुकुट पहिराओ विजेता ।
Verse
पहिराओ दूतगण मुकुट ख्रीष्टलाई, ल्याउँछन् इनाम विजयको
शक्तिस्थान सिंहासन उनलाई, गुञ्जोस् भवन स्वर्गको ।
मुकुट पहिराओ, राजाहरूका राजालाई ।
Verse
राजा ख्रीष्टको गिल्ला गरे, काँडा लाइदिए पापीले
उनको सामु स्वर्गीय जनले, नाम स्वीकार्छन् हर्षले ।
मुकुट पहिराओ, नाम प्रचार विजेता ।
Verse
सुन ! जयको ध्वनि उच्च, सुन ! बाजा विजयको
येशू बस्छन् स्थान सर्वोच्च, कस्तो हर्ष दृश्य यो ।
मुकुट पहिराओ, प्रभुहरूका प्रभुलाई ।