प्रभु तपाईंको आदर महिमा
Chorus
प्रभु, तपाईंको आदर, महिमा
गर्न सकूँ म सदासर्वदा
के बिहान, साँझ के दिन र रात
स्तुति, प्रशंसा गाइरहूँ म...
Verse
छुनुहोस् प्रभु चिसो मन मेरो
धन्यवाद तपाईंलाई भन्न सकूँ म
छुनुहोस् प्रभु बन्द आँखा
सबमा तपाईंलाई देख्न सकूँ म
Verse
खोल्नुहोस् प्रभु बैरो कान मेरो
मृदू स्वर तपाईंको सुन्न सकूँ म
खोल्नुहोस् प्रभु हृदय मेरो
सबमा साँचो प्रेम, बाँड्न सकूँ म...