KB · Choruses · #306
दूध बग्ने देशमा जाने हो
A2/4
Chorus
दूध बग्ने देशमा जाने हो, मह बग्ने देशमा जाने हो,
प्रतिज्ञाको देशमा जाने हो, हाम्रो स्वर्ग देशमा (२)
हु... हु... हु... हा... हा... हा...
Verse
कलवरीको कथा बिर्सी कहाँ जाने यात्री हो,
गाईगोठको प्रभु बिर्सी स्वार्थी बन्ने साथी हो,
प्रभु येशू मुक्तिदाता, जीवन दिने पानीलाई
क्षमा मागी अघि बढाँ, जीवनको प्रभुलाई ।
Verse
बाटो, सत्य, जीवनलाई फेरि आउने राजालाई
संसारको न्यायकर्ता येशू हाम्रो प्रभुलाई,
नलुकाऊ है तिम्रो पाप खोलिदेऊ है जीवनलाई,
ईमानदार, आज्ञाकारी बनाइदेऊ है जीवनलाई ।