KB · Hymns · #494
सुन्नुहोस्, छिमेकी, हाम्रो यो दुनियाँमा
F2/4
Chorus
सुन्नुहोस्, छिमेकी, हाम्रो यो दुनियाँमा को होला सुन्नुहोस् (२)
Verse
एक प्रौढ़ यात्री यरूशलेमदेखि जाँदैथ्यो जेरिको
जाँदा है जाँदा बाटोमा परे हातमा डाँकूको ।
Verse
अधमरो पारी लुटपाट गरी, जंगलमा फ्याँकियो
आपद्मा पर्दा कोही थिएन त्यसको सुसारे-गोहार ।
Verse
त्यो बाटो एउटा पुजारी गयो हेरेर तर्कियो
म हुँ पुजारी कदापि छुन्नँ सम्झेर डरायो ।
Verse
पुजारी गइगो’ तब लेवी आयो त्यो बाटो भएर
डरले आँखा तरकाई उसै शहरमा भागिगो’ ।
Verse
अन्तैमा सामरी जातैको तुच्छ आएर टिठायो
मलहम-पट्टी घाउमा बाँधी गधामा चढ़ायो ।
Verse
सरायमा लगे, स्यार-सुसार गरे, खटाए स्याहारे
छिमेकी को हुन् भनन त्यसको कष्टमा गोहारे ।
Verse
येशू हुन् हाम्रा सदैव छिमेकी कष्टमा स्याहार्ने
पापको घाउमा औषधि बाँधी स्वर्ग पुर्याउने ।