KB · Hymns · #602
कहिल्यै नछोड़्ने कहिल्यै नत्याग्ने
Am3/4
Chorus
कहिल्यै नछोड़्ने, कहिल्यै नत्याग्ने, तिम्रो करार अटुट छ (२)
Verse
निस्सार एक परदेशी भई (२), लक्षहीन गोरेटोमा गइरहेथे (२)
ज्योतिर्मय प्रभु, सहारा दियौ, स्वर्गीय पथमा फर्काइ ल्यायौ (२)
Verse
घना जंगलको अन्धकारमा (२), आशा थिएन बाँच्ने मेरा (२),
मधुर आवाजले बोलायौ मलाई, सनातन प्रेमले अँगाल्यौ मलाई (२)
Verse
पीड़ा र क्लेशले पीड़ित हुँदा (२), निराश भई अन्योलमा थिएँ (२)
तर तिम्रो मधुर आवाजले, सदैव शान्तिले मलाई भर्यौ (२)
Verse
यसर्थ तिम्रो प्रशंसा गर्छु (२), हर पल मेरो साथ रह्यौ (२)
आँखाको रानीझैँ जोगाइराख्यौ, इस्राएलीलाईझैँ रक्षा गर्यौ (२)