KB · Hymns · #373
स्वर्ग देशमा मलाई जानु छ
G3/4
Verse
स्वर्ग देशमा मलाई जानु छ स्वर्गीय शहर बस्नलाई
बटौरे साथी एउटा छ शहरको ढोका खोल्नलाई
Chorus
बटौरे साथी को हो ममाथि टिठाउने ?
बटौरे साथी को हो ढोकालाई खोल्दिने ?
Verse
अब हिँड़्छु म बाटोबाटौ उनले बाटो देखाउँछन् जुन
ममाथि टिठाई ढोका खोल्न ईश्वरका प्रिय पुत्र हुन् ।
Verse
सम्झ त्यो बाटो कस्तो छ जहाँ म अहिले हिँड़्नेछु
सम्झ त्यो ढोका कस्तो छ जहाँ म अहिले पस्नेछु ।
Verse
त्यो स्वर्गीय बाटो साँगुरो छ मन अति कष्टित तुल्याउने
त्यो पस्ने ढोका साँगुरो छ मलाई त्यस शहर पुर्याउने ।
Verse
धर्म-पुस्तक मेरो हातमा छ मलाई ठीक बाटो देखाउने
प्रार्थनामा ख्रीष्टीय शक्ति छ त्यो ढोका पनि खोल्दिने ।
Verse
धर्म-पुस्तकलाई म छोड़्दिनँ, म प्रार्थना गर्न भुल्दिनँ
स्वर्गलोकको अधिकारी नभई, अब उसै म ता मर्दिनँ ।