KB · Hymns · #102
स्तुति होस् प्रभुको जयजयकार
Dm3/4
Chorus
स्तुति होस्, प्रभुको जयजयकार
Verse
भुल्ने छैन म, त्यो दृश्य प्रभु येशूको,
कलवरी भनिने ठाउँमा उनी टाँगिएका
हात-पाउ र शरीर उनको चोटै-चोटले पूर्ण थियो (२)
मैले जानेँ, ती सबै कारण मेरो अधर्म हो (२)
Verse
भुल्ने छैन म, त्यो वचन भनेको ख्रीष्टले,
कलवरी भनिने ठाउँमा गम्भीर प्रेमको भावले
पुत्र तेरा अधर्म सबै पापको ऋण तिरिसकेँ (२)
उद्धार छ तेरो लागि यहाँ कमाएँ जो मैले (२)