KB · Hymns · #553
नाङ्गै छ आउनु नाङ्गै छ जानु
Verse
नाङ्गै छ आउनु नाङ्गै छ जानु
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
लानु केही सक्दैन
Verse
पापैमा जन्मे पापैमा बढ़े
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
पापैमा मर्नुछ
Verse
पापैको ज्याला अनन्त मृत्यु
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
नर्कमा भोग्नेछ
Verse
बचाइराख आत्मालाई तिम्रो
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
समय हुँदा नै
Verse
स्वर्गको मुनि संसारभरि
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
कोही छैन बचाउने
Verse
बाटो र सत्य, आनन्द जीवन
ए नि लै लै कठै ए मेरी प्यारी मित्र
येशूमा पाउँनेछौ