प्रार्थना हाम्रो परमप्रभुमा आशिष् होस्
Chorus
प्रार्थना हाम्रो परमप्रभुमा आशिष् होस् यी नव दम्पत्तिमा (२)
ईश्वरको अनुग्रह पलपलमा थाहा भइरहोस् जीवनमा (२)
Verse
बाँधिएको करार सधैं, सम्झना दिनुहोस्
समर्पित भई जिउन, सहारा दिनुहोस् (२)
Verse
प्रेरणा बनिदिनुहोस् प्रभु, सुस्ताएको बेलामा
मार्ग बनिदिनुहोस्, हराएको बेलामा (२)
Verse
नटुटोस् यो मिलन, जीवनको यात्रामा
विश्राम पछि लिनुहोस्, अनन्त घरमा (२)