KB · Hymns · #668
सुम्पेको छु जीवन मैले
C4/4
Chorus
सुम्पेको छु जीवन मैले येशूलाई भनेर,
अर्पेको छु सर्वाङ्ग मैले प्रभुलाई भनेर,
(डोर्याउनुहोस् प्रभु मलाई तपाईंको बाटोमा) (२)
Verse
हराई रहेर संसारमा तपाईंलाई कति रुआए
मेरो पापको त्यो क्रूसमा प्रभु तपाईंलाई झुण्ड्याए (२)
आफ्नो भन्ने मेरो प्रभु केही छैन, यो जीवन तपाईंको (२)
Verse
तपाईंको रगतले किनेको मेरो अमूल्य जीवनलाई
अर्पन्छु सर्वाङ्ग तपाईंलाई जीवनको अन्तिम क्षणसम्मै (२)
जिउन चाहन्छु म मेरो जीवनभरि, तपाईंमै हाँसेर (२)