KB · Hymns · #124
आऊ आऊ दाज्यू भाइ मिलीजुली गाऔँ
D2/2
Chorus
आऊ-आऊ, दाज्यू-भाइ, मिलीजुली गाऔँ (२)
Verse
येशू मुक्तिदताले मृत्यु जय गरे,
आऊ-आऊ, सबै भाइ, आनन्द मनाऔँ
Verse
शैतानमाथि जयवन्त भई फेरि जिइउठे,
आऊ-आऊ, भाइ-बहिनी, उनकै जय मनाऔँ
Verse
मृत्यु-बन्धन तोड़िकन सबलाई बचाए
आऊ-आऊ, ख्रीष्टीय भाइ, जयजयकार मनाऔँ
Verse
तीनै दिनमा बौरी उठे, शत्रु लजाए
आऊ-आऊ, प्यारा भाइ, जयको शब्द सुनाऔँ
Verse
विश्वास गरी कम्मर कसी ख्रीष्टकै पछि जाऔँ
आऊ-आऊ, प्रिय बहिनी, उनैलाई पछ्याऔँ
Verse
प्रेमी ईश्वर पुत्र दिने उनकै गुण गाऔँ
भाइ-बहिनी सब मिली धन्यवाद चढ़ाऔँ