KB · Hymns · #468
बिर्सिर्न्छौं कसरी पोहोरको साल
D4/4
Verse
बिर्सिर्न्छौं कसरी पोहोरको साल,
यो घड़ी मान्दै थियौँ नयाँ साल यसरी,
यति चाँड़ै त्यो साल बित्यो आज पनि
शक्ति छैन त्यो साललाई थाम्ने एक पल पनि ।
Chorus
समय छ, समय छ भन्दै थियौ, थाहा नभई त्यो साल बितिगयो
अब त्यो साललाई बिदा गरौँ र अब पसिजाऊँ हामी नयाँ साल यो
नयाँ सालभरि हिँड़्नलाई ईश्वरको अगुवाइमा
Verse
धन्यवाद चढ़ाउन सब दानको लागि
ईश्वरलाई गरौँ जीवन अर्पण उनलाई;
लिई उनको साथमा बसी उनको आड़मा
यो साल मात्र होइन यो जीवन लगाऊ उनकै जिम्मामा ।
Verse
अब बिदा लेऊ हे प्रियहरू गर्दै शुभकामना नयाँ सालको
भेट्छौँ कि भेट्दैनौँ फेरि नयाँ सालमा
भेटौँल कहिले नछुटने गरी
त्यो अनन्त घरमा ।