परमप्रभु अघि बढ़्दछन्
D4/4
Verse
परमप्रभु अघि बढ़्दछन्
उनको सेना सदा बलियो छ
उनको महिमा यस देशमाथि देखिनेछ
स्वर उचाल्दै जयको गान गाऔँ
स्तुति गरौ विजयी भएका छौँ
कुनै हात-हतियार काम लाग्ने छैन ।
Verse
हामीहरूका सेनापति येशू हुन्
हामी उनको पाइला पछ्याउँदछौँ
कोही अघि खड़ा हुन् सक्नेछैन
हामी मसीही सेना हौँ
जयको साँचो उनको हातमा छ
प्रतिज्ञाको देश लिन अघि बढ़ौँ ।