KB · Hymns · #180
हे ईश्वर, जय होस् तपाईंको
G4/4
Verse
हे ईश्वर, जय होस् तपाईंको, दान आज धेरै दिनुभो’
हे ईश्वर पिता, अब मलाई ठीक राख्नोस् मुठ्ठीमा बचाई ।
Verse
माफ गर्नोस् कारण येशूको सब पाप मद्वारा आज जे भो’
ईश्वर र भाइको मेल तपाईं म नगरूँ आज रात सुताइ ।
Verse
सिकाउनुहोस् यसै जिउनलाई म ठानूँ मर्नु सुत्नुझैँ
सिकाउनुहोस् यसै मर्नलाई म बौरी उठूँ सुखमय भई ।
Verse
निज काखमा सुताउनोस् मलाई, आफैले मेरा आँखा चिम्लाई
र जागूँ धेरै बलियो भई तपाईंको सेवा गर्नलाई ।
Verse
सकिनँ सुत्नु भने त म गरूँ भलो सोच-चिन्ता
हो पिता, पुत्र, आत्मा तपाईं नै माथि ध्यान गरूँ ।