KB · Hymns · #206
आऊ जगत्को भाइ बहिनी
F2/2
Chorus
आऊ जगत्को भाइ-बहिनी,
येशूले तिमीलाई डाक्दैछन् (२)
Verse
जगत्मा तिम्रो घरै छैन (२),
जगत्मा तिम्रो मान पनि छैन (२)
राज्य तिमीलाई दिनका लागि येशूले तिमीलाई डाक्दैछन्
Verse
जगत्मा तिमी धर्म खोज्छौ (२)
जगत्मा तिमी घुमिहिँड़्छौ (२)
जीवन मुक्ति दिनका लागि येशूले तिमीलाई डाक्दैछन्
Verse
शिरमा उनको काँड़ाको मुकुट (२)
कोखमा उनलाई भालाले घोचे (२)
छेड़ेको हात पसारेर येशूले तिमीलाई डाक्दैछन्
Verse
आऊ दाज्यू-भाइ, आऊ दिदी-बैनी (२)
आएर येशूमा विश्वास गर (२)
सबै पापलाई लिनका लागि येशूले तिमीलाई डाक्दैछन्