प्रभु म आउँछु
G4/4
Verse
प्रभु म आउँछु, मेरो हृदय परिवर्तन गर्नोस्, तपाईंको त्यो अनुग्रहले,
प्रभु जान्दछु मेरा कमजोरीहरू, सबै हट्नेछन् त्यो प्रेमको शक्तिले ।
Chorus
अँगाल्नोस् तपाईंको प्रेमले, घेर्नोस्,
नजीक ल्याई आफ्नो छेउमा राख्नोस्
पर्खन्छु म चिलझैँ माथि उड्न, मलाई उडाउनुहोस्,
तपाईंको आत्माले त्यो प्रेमको शक्तिमा ।
Verse
प्रभु खोल्नोस् आँखा, देख्नसकूँ प्रेमको ज्ञान,
जसै तपाईं मभित्र वास गर्नुहुन्छ,
नयाँ गर्नोस् हृदय आफ्नो योजनाअनुसार,
हरेक दिन जिउँदो त्यो प्रेमको शक्तिमा ।