KB · Hymns · #292
इन्द्रेनीजस्ता रङ्गबिरङ्गी
D4/4
Chorus
इन्द्रेनीजस्ता रङ्गबिरङ्गी तिम्रा प्यारा-प्यारा सपनाहरू
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई
Verse
सम्झिहेर जीवन नै उनको दान हो
मूल्यहीन त छैन यो दाम परेको हो (२)
बेअर्थ नहोस् जीवनमा सित्तैमा पाएको मुक्ति यो,
मौसमझैँ बदली-बदली हिँड़्ने तिम्रो जिन्दगीका कामनाहरूको
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई
Verse
यस्तै हुन्छ जीवनमा यी घटीहरू
बाधा बनी आउनेछन् ती कमीहरू,
डराई नदेऊ जीवनमा, भर त्यो सम्झी येशूमा
बादलजस्ता हल्का-हल्का, तिम्रा प्यारा सबै-सबै इच्छाहरूको
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई