KB · Hymns · #75
कुनै एक दिन पृथ्वी पापसागर हुँदा
CTranslated
Verse
कुनै एक दिन पृथ्वी पापसागर हुँदा,
कुनै एक दिन स्वर्ग-धनी येशू
स्वर्गलोकबाट आई कन्याबाट जन्मिँदा मानव रूप लिए,
उदाहरण मेरो ।
Chorus
प्रेम गरी आए, मर्दा बचाए,
गाड़िँदा पाप मेरो हटाइदिए
ब्युँती उनले मलाई निर्दोष ठहराए,
आउनेछन् येशू हो खुशीको दिन
Verse
कुनै एक दिन उनलाई कलवरी लगे,
कुनै एक दिन क्रूसमा टाँगे येशू
गिल्ला संकष्ट र हेला खाएर बोके सब पाप,
मुक्तिदाता मेरो ।
Verse
कुनै एक दिन उनलाई चिहानमा राखे,
कुनै एक दिन उनलाई आराम मिल्यो
स्वर्गदूत आएर पहरा गरे,
निराशामा आशा उद्धारक मेरो ।
Verse
कुनै एक दिन मरणबाट जिइउठे,
कुनै एक दिन चिहानको ढुङ्गा पल्ट्यो
येशू ब्युँते मृत्युमाथि, जयवन्त स्वर्ग फर्के,
महाप्रभु मेरो ।
Verse
कुनै एक दिन तुरही शब्द सुनिन्छ,
कुनै एक दिन फर्की आउँछन् येशू
जयजयकार उनको आकाशमा गुञ्जिन्छ,
त्राता येशू महाराजा मेरो ।