KB · Hymns · #506
शिखरहरू हिउँले ढाकेझैँ
B4/4
Chorus
शिखरहरू हिउँले ढाकेझैँ,
यो भूमिलाई वचनले ढाक्नैपर्छ
किनारहरू बालुवाले ढाकेझैँ,
यो पुस्तालाई येशू चिनाउनैपर्छ (२)
Verse
(निराशा छन् पहाड़मा साइँला-माइलाहरू
अशान्त छन् तराईमा सानी-ठूलीहरू) (२)
(चौबाटोमा सबैजना बाटो खोजिरहछन्
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्) (२)
Verse
(रोएका छन् शहरमा घर-घरानाहरू,
भुलेका छन् पापैमा हाम्रा मानिसहरू) (२)
(दोधारमा सबैजना अल्मलिरहेका छन्,
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेकछन्) (२)