KB · Hymns · #784
येशू नामलाई सधैं गरौं मान
D3/4
Chorus
येशू नामलाई सधैं गरौं मान
दिए हामीलाई जीवनदान
उनी हाम्रा सथी, विश्वास छ उनैमाथि
उनी नै हुन प्रभु, गरौं उनलाई मान ।
Verse
हामी उनका, उनी हाम्रा, हामीलाई चिन्दछन्
पापौं आराम, त्यो बाहुलीमा, उनी हाम्रा साथमा
जब संकष्टमा प्रार्थना गर्दछा
मद्दत गर्छन् हामीलाई, सधैंसाथमा राख्छन् ।
Verse
उनैमा सुरक्षित छौं, हामीलाई छोड्दैनन्
विश्वास गर्छौं वचनमा, हृदय उनलाई दिन्छौं ।
जब दुःखमा उनको चरणमा पर्दछौं,
प्रेम गर्छन् उनी हामीलाई, सधैं साथमा राख्छन् ।