प्रभु बालक पैदा भयो गाईको गोठैमा
F2/2
Chorus
प्रभु बालक पैदा भयो गाईको गोठैमा
मिलीजुली स्तुति गाऔँ एकै स्वरमा
Verse
प्रेमी ईश्वर दयालुले पुत्र दिनुभो’ हामीलाई
जसले ईश्वरका भार उठाई आत्मिक मार्ग देखाउनुभयो ।
Verse
मानव रूपमा जन्म लिई वैभव त्यागी आस्मानी
बनाउनुभो’ पराल ओढ़नी, बिछाउनुभयो चरणी ।
Verse
विश्व पापको भुँवरीमा डुब्दै थियो प्रभुविना
तारक प्रभु जगमा आइदिनुभयो सहारा ।