KB · Hymns · #664
मान्छेको बस्ती भित्र तुवाँलोले ढाकेको छ
G4/4
Chorus
मान्छेको बस्ती भित्र तुवाँलोले ढाकेको छ
(हटाई दिने कोही हुन्न, छोपी दिने मात्र हुन्छ) (२)
Verse
धेरै भने आफैलाई, थोरै भने अर्कालाई
राम्रो देखे माया लाउने, नराम्रोलाई थुकी दिने (२)
अर्कालाई कुल्चिएर ओ... हो...
अर्कालाई कुल्चिएर अघि बढ्ने कस्तो बानी
(ठेस् कहिले खाने हो, होस् कहिले आउने हो) (२)
Verse
बनाएको परमेश्वरले, सबलाई बराबरी
न त ठूलो न त सानो, न त धेरै न त थोरै (२)
आँखा भई देखे पनि ओ... हो...
आँखा भई देखे पनि, अन्धो हुन मन पराउने
(ज्योतिदेखि टाढा भागी अँध्यारो अँगाल्न पुग्ने) (२)