KB · Hymns · #236
कहाँ जाँदैछौ तिमी फर्केर आऊ प्रभुमा
D4/4
Chorus
कहाँ जाँदैछौ तिमी, फर्केर आऊ प्रभुमा
छैन अब ता समय, बियाँलो नगरी प्रभु येशूलाई विश्वास गर (२)
Verse
गइरहेछौ तिमी कहाँ, थाहा छ के तिमीलाई ?
पुग्छौ कहाँ तिमी, कुन बाटोमा जाँदैछौ ?
येशूमा आऊ अहिले नै, पर्खिरहनेछन् तिमीलाई ।
Verse
बाँचेको छ के आत्मा, विचार गरेका छौ के ?
यसकारण आऊ चाँड़ै नै, आत्माको फिक्री गरी
पर्खिरहेछन् येशू आत्मा बचाउन तिम्रो ।
Verse
नगरी ढिलो अब, समय हुँदै चाँड़ै आऊ
उनले स्वर्ग लान चाहन्छन्, विश्वास गर्यौ भने मात्र
पर्खिरहनेछन् येशू, अबेर नगरी आऊ ।