KB · Hymns · #742
ख्रीष्टले तिमीलाई स्वतन्त्र गराए
Chorus
ख्रीष्टले तिमीलाई स्वतन्त्र गराए,
फेरि बन्धनको जुवामा नपर (२)
Verse
तिमी आज यस संसारमा छौ तर यस संसारका होइनौ (२)
संसारसित एकै चालको नहोऊ संसारको जुवामा नजोतिऔ ।
Verse
शरीरको माया लालसाहरूसँगै क्रूसमा टाँगिदिइहाल (२)
पवित्र आत्माको अगुवाइमा हिँड शरीरको लालसा पूरा नगर ।
Verse
यथोचित सेवाको रूपमा आफ्ना-आफ्ना शरीरलाई (२)
पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरी दिइहाल ।