KB · Hymns · #275
जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो
C4/4Translated
Verse
जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो’,
वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो ।
Chorus
तर कसमाथि विश्वास राखेँ सो जान्दछु म र निश्चय छु म
कि उनलाई जे मैले सुम्पेँ, राख्नेछन् सुरक्षासाथ
Verse
जान्दिनँ कसरी बचाउने विश्वास दिए उनले
वा उनको वचन पत्याउँदा मनमा शान्ति पाएँ ।
Verse
जान्दिनँ कसरी आत्माले जग दोषी ठहर्याउँछन्
वा वचनद्वारा येशूलाई प्रकट गराउँछन् ।
Verse
जान्दिनँ के आइपर्नेछ म मर्नभन्दा अघि
कि हुन्छ मलाई दुःख वा सुख, तृप्ति वा गरीबी ।
Verse
जान्दिनँ म कहिले, कहाँ येशू फेरि आउलान्
कि मरेपछि भेटूँला कि भेटूँ आकाशमा ।