KB · Hymns · #796
मधुर सोरले ख्रीष्टले तिमीलाई बोलाउँदैछन्
C4/4
Chorus
मधुर सोरले ख्रीष्टले तिमीलाई बोलाउँदैछन् चाँडै आऊ न,
प्रेमकै कारणले मुक्ति दिँदछन् मुक्ति यो लिनलाई आऊ न
चाँडै आऊ न, आऊ न चाँडै आऊ न ।
Verse
यो क्षणिक जीवन लिई निश्चिन्त कहिल्यै नबसौं हैं
मृत्यु आई कुनै घडी गाँजेर लैजान्छ मित्र, तिमी कहाँ हुन्छौ
तिम्रो आत्मालाई परमेश्वरले न्याय गर्दा ?
पश्चात्ताप गरी मुक्ति लेऊ मित्र आज,
अनन्त राज्यको भागिदार बनिहाल,
नत्र भने तिम्रो जीवन शून्यतामा बितिजान्छ ।
Verse
अनन्त यो मुक्ति मित्र अति नै बहुमूल्य छ,
कारण ख्रीष्टले यसका निम्ति दाम तिरिदिएकाछन्
यही मुक्ति बाँड्नलाई ख्रीष्टले सधैं तिम्रो बाटो हेरिरहेकाछन्
बित्दैछ समय पलपल दर्दै मित्र,
स्वागत गर्दछन् ती डरलाग्दा दिनहरूले
प्रिय मित्र, अपार सुखलाई, दुई हात फैलाई आजै अपनाऊ ।