KB · Hymns · #714
क्रूस तिम्रो प्रभु कलवरीको
D3/4
Chorus
क्रूस तिम्रो प्रभु कलवरीको, मेरा निम्ति अति नै प्रिय छ
कारण बने मेरा काँड़ाहरू, तिम्रा शिरका मुकुट !
Verse
मेरो पीर ठूलो सम्झन्छु, र मेरो घाउ आलो
बनिदिन्छ जब कलवरीको, दृश्य विस्तारै धमिलो
तर होइन रहेछ प्रभु यस्तो, बन्यौ तिमी अवहेलित
भुल्नेछैन म त्यो कथा, तिमी भएथ्यौ क्रूसमा दलित ।
Verse
पीडा निन्दा वेदना र कष्ट, मेरा पथका प्रेरणाहरू हुन्
सबै हारले मलाई सधैं, जीतका सन्देश दिन्छन्
तिम्रा घाउहरू चुम्छु प्रभु, ती हुन् मेरा रोगमा चङ्गाइ
आशले भरिन्छु स्वास्थ्य पाउँछु, तिम्रै ती हातको स्पर्श पाई ।
Verse
अनुग्रह तिम्रो प्रशस्त छ, मेरो दुर्बलतामा झन् बढी
थाक्छु जब साँघुरो बाटोमा हिँड्दा, आउँछौ प्रभु सामर्थ बनी
यसर्थ रमाउछु हरेक चोटमा, कमजोरीमा र दुर्बलतामा
निराश हुन्नँ म कहिल्यै कुनै, परिस्थिति र समस्यामा ।