KB · Hymns · #46
आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा
D2/4
Chorus
आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा (२)
Verse
ज्योतिषीहरूले तारालाई हेरी (२)
गरीब घरमा गई अड़िए (२)
खुशी भई भेटी चढ़ाए
Verse
ईश्वरको पुत्र प्रभु येशू ख्रीष्ट (२)
गाईको गोठमा अवतार लिई आए (२)
जयजयकार उनकै गाऔँ
Verse
निद्रालाई त्यागी उठ, बन्धु-भाइ (२)
जाऔँ हामी सबै येशूकहाँ (२)
जयजयकार गाउँदै जाऔँ