KB · Hymns · #35
हेरन आकाशमा ताराको उज्यालो
G6/8
Chorus
हेरन आकाशमा ताराको उज्यालो
(नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो) (२)
हेरन आकाशमा
Verse
ईश्वरको वचन पूरो गर्नलाई आए प्रभु जगमा (२)
मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुँड़ैमा (२)
(गोठालाहरू छक्क परे जब) (२) देखे स्वर्गदूतलाई
ढाड़स पाई रमाई गए खबर दिनलाई (२)
Verse
तारालाई आफ्नो लक्ष बनाई बढ़े ज्योतिषीगण (२)
भेटी चढ़ाए दर्शन पाई गराए आनन्दित मन (२)
(पापी जनको तारणहार) (२) मानिसको रूपमा
ख्याल नराखी डाँड़ा-काँड़ा बढ़ौँ सबै प्रभुमा (२)