KB · Hymns · #574
हे युवा, यो देशमा तिम्रै खाँचो छ
C2/4
Chorus
हे युवा, यो देशमा तिम्रै खाँचो छ,
येशूको सन्देशले शान्ति ल्याउनुछ
(अन्यौलपूर्ण जगमा गति दिनुछ,
उदास मुहारभरि खुशी ल्याउनुछ) (२)
Verse
(निराश छन् है नेपालीहरू,
सोचिरहेछन् अब के गरूँ ?) (२)
(अब हामी शालोमको झण्डा फर्फराऔँ,
नेपाली ब्युँझाउन अब जुर्मुराऔँ) (२)
Verse
(नाशवान् यो देश बचाउनुछ,
अँध्यारो मनमा दियालो बाल्नुछ) (२)
अब हामी क्रूसको झण्ड फर्फराऔँ,
सूर्यझौँ उदाई नयाँ विहानी ल्याऔँ ।