पर्नेछ आशिष्को झरी
G6/8
Verse
पर्नेछ आशिष्को झरी, प्रेमको प्रतिज्ञालाई मान
हुन्छन् समय जीवन दिने, ख्रीष्ट मुक्तिदाताको दान ।
Chorus
आशिष्को झरी, आशिष्को झरी पठाऊ
दयाको थोपो चुहुन्छ, आशिष्को झरी पठाऊ
Verse
पर्नेछ आशिष्को झरी, जीवनमा होस् शक्ति-बल
सबैमा उत्पन्न गराउँछ, पवित्र आत्माको फल ।
Verse
पर्नेछ आशिष्को झरी, हामीमा प्रभु पठाऊ ।
दिएर आत्माको भरपूर, वचनको तेजले जगाऊ ।
Verse
पर्नेछ आशिष्को झरी, होस् आजदेखि शुरू
हामीले आज पाप स्वीकार्छौं, सुन्नुहोस् बिन्ती येशू ।