प्रभु हिँड़्छौँ जति वचन हुन्छ बत्ती
C4/4
Verse
प्रभु हिँड़्छौँ जति, वचन हुन्छ बत्ती
जसले विश्वास लाउँछ, हर्ष ज्योति पाउँछ ।
Verse
जब शत्रु आउँछ, वचनले सम्झाउँछ
साहस दिन शिक्षा, मुक्तिको प्रतीक्षा ।
Verse
आउँदा मेघ अँध्यारो, जब घर छ टाढ़ो
यात्री वचन लिन्छ, बाटो देखाइदिन्छ ।
Verse
वचन केको तुल्य ? कति बहुमूल्य ?
सुख-विलासको कारण मान्छेलाई साधारण ।
Verse
परमेश्वरका कुरा बुझौँ, वचन पूरा
तपाईंसँग प्रेम गरी बसौँ सधैँभरि ।