KB · Hymns · #260
हे ईश्वर आफ्नो करुणाअन्सार
C3/4
Verse
हे ईश्वर आफ्नो करुणाअन्सार अनुग्रह गर्नुहोस् ।
कोमल कृपान्सार अपराध मेरा मेटाइदिनुहोस् ।
Verse
मलाई नै मेरा अधर्मबाट सफासँग धुनोस् ।
मलाई, हे ईश्वर, मेरा पापबाट शुद्ध है गर्नुहोस् ।
Verse
किनकि आफ्ना अपराधहरू स्वीकार गर्छु म ।
पाप मेरो सदासर्वदा, प्रभु मेरै साम्नेमा छ ।
Verse
गरेको छु नि पाप मैले खालि तपाईंकै विरुद्धमा ।
गरेछु त्यही जो छ खराबी तपाईंको दृष्टिमा ।
Verse
हेर्नुहोस्, लौ म उत्पन्न पनि भएँ अधर्ममा ।
आमाले मलाई गर्भधारण गरिन् है पापैमा ।
Verse
अन्तस्करणमा हेर्नुहोस् तपाईं खोज्नुहुन्छ सत्य ।
र भित्री मनमा ज्ञान जान्ने मलाई तुल्याउनुहुनेछ ।
Verse
हिसपले मलाई मस्काउनुहोस्, हुनेछु म सफा ।
धुनुहोस् मलाई अनि म सेतो हुनेछु हिउँभन्दा ।