KB · Hymns · #552
तुरही फुक्छ आकाशैमा
C4/4
Chorus
तुरही फुक्छ आकाशैमा लौ येशू आउनेछन् (२)
Verse
(संसारभरि पापको भारी) (२) (शैतान है रमायो) (२)
यो मनमा कसले चेतावनी देला, पछुताउँदैन कोही
येशू आउनेछन् संसारैमा, संसारैमा (सम्झन मनैमा) (२)
Verse
(विश्वासीहरू मरे तापनि बौरेर उठ्नेछन्) (२)
जस-जसले उनीमाथि विश्वास गर्दछन् पाउनेछन् जीवन
येशू आउनेछन् बादलैमा, बादलैमा (हामीलाई लिनलाई) (२)