परमप्रभुको नाउँमा आनन्दसाथ
D4/4
Chorus
परमप्रभुको नाउँमा आनन्दसाथ
गर्दछौं स्तुति महिमा जीवनभर (२)
परिश्रम हाम्रो प्रतिफल तपाईंकै होस्
आशिष्को झरीले भिजाउनुहोस् (२)
Verse
स्वर्गीय प्रेममा समर्पित यो तन मन गर्दछौं अर्पण तपाईंलाई यो जीवन
परिश्रम हाम्रो प्रतिफल तपाईंकै होस्, आशिष्को झरीले भिजाउनुहोस् (२)
Verse
शान्ति र आनन्द तपाईंकै देहमा प्रशस्त बर्षाउनुहोस् अनुग्रहमा (२)
परिश्रम हाम्रो प्रतिफल तपाईंकै होस्, आशिष्को झरीले भिजाउनुहोस् (२)