KB · Hymns · #313
हार होइन जीवन जीत हो
G7/4
Chorus
हार होइन जीवन जीत हो, अभिशाप होइन आशिष् हो
मुक्तिदाता ख्रीष्टको रगतले किनेको वरदान यो जीवन धेरै दामी हो
हार होइन जीवन जीत हो, अभिशाप होइन आशिष् हो
Verse
ए हतास-हतास जिउनेहरू, ए उदास भएका मनहरू
ए निराश-निराश आँखाहरू, विवशतामा रुने प्राणहरू
नयाँगरी ख्रीष्टमा जन्म लेऊ, नत्र जीवन व्यर्थ जानेछ ।
Verse
जीवनदेखि थाकेकाहरू अविश्वास गरी भाग्नेहरू
मनका ती सबै व्यथालाई येशूको अगाडि राखिदेऊ
हात फैलाई मागे निश्चय नै तिमीलाई यो दान उनले दिनेछन् ।