KB · Hymns · #144
ख्रीष्ट येशू जगत् छोड़्दामा दिइगए बिदा भई
C4/4Translated
Verse
ख्रीष्ट येशू जगत् छोड़्दामा दिइगए बिदा भई
एक शान्तिदाता अगुवा साथै बस्नलाई ।
Verse
सब चिन्ता उनले थाम्दछन्, दूर गर्दछन् सब डर ।
र स्वर्गका कुरा बोल्दछन् जीवन अमर ।
Verse
र हाम्रो भलाई जति भो’ र हाम्रो सबै जय
र सोच पिताको कुराको हुन् उनैकै ।
Verse
हे आत्मा सब अनुग्रहका, होस् दृष्टि दयाको
र हाम्रो अयोग्य हृदयमा वास तपाईंको ।
Verse
होस् पिता पुत्रको बढ़ाइ, होस् पनि आत्माको
होस् स्तुति महिमा तीनलाई, जो एकै हुन् ।